स्वदेशी लघुवित्तद्धारा सप्ताहाव्यापि कार्यक्रम सम्पन्न

स्वदेशी लघुवित्तद्धारा सप्ताहाव्यापि कार्यक्रम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले भोजपुर जिल्ला अन्र्तगत धोरेटार शाखाको विभिन्न ठाउँमा विद्यार्थी, सदस्य र स्थानिय मानिसलाई लक्षित गरि सप्ताहाव्यापि महिनावारी सरसफाई सम्वन्धी शिक्षा, घरेलु स्यानिटरी प्याड बनाउने तरिका लगायतवित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले घोरेटार बजारको स्थानिय सरकारी स्कुलका विद्यार्थीहरु,सदस्यहरु र स्थानिय मानिसहरुलाई तालिम प्रदान गरेको हो । यौन तथा प्रजनन स्वास्थ्य तथा वित्तिय साक्षरता सम्बन्धि शिक्षा सबैका लागि भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा स्कुलका २ सय विद्यार्थीहरु लगागत २ सय ५० सदस्यहरु र स्थानिय मानिसहरु कार्यक्रमा सहभागी भएका थिए ।

समाजमा कुरिती र गलत बुझाईको रुपमा रहेको महिनावारी भ्रम चिर्न गरिएको कार्यक्रममा ९ र १० कक्षाका विद्यार्थीलाई सहभागि गराइएको थियो । कार्यक्रममा सहजकर्ताका रुपमा स्वदेशी लघुवित्त घोरेटार शाखाका कर्मचारी तथा सामाजिक विकास युनिटले गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले लघुवित्त कार्यक्रमबारे जानकारी, महिनावारी के हो, महिनावारी सरसफाई, घरेलु स्यानिटरी प्याड बनाउने तरिकाका,बारेमा जानकारी हासिल गरेका थिए ।

विशेषगरी महिनावारी केटाहरुलाई थाहा नहुने, पाठ्यपुस्तकमा भएपनि खासै रुचि नदेखाउने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी आधिकांश पुरुष विद्यार्थीले महिलाहरुले पयोग गर्ने गरेको स्यानिटरी प्याड नदेखेको र देखेको भएपनी नछुएको अनुभव साटेका थिए । महिला पुरुष एकै ठाउँमा राखेर चित्रात्मक श्रव्य तथा पावर प्वाइन्ट वाट कार्यक्रम गरिएको थियो ।

Share: