स्वदेशी लघुवित्तका ४० कर्मचारीले पाए प्रशिक्षक प्रशिक्षण तालिम

स्वदेशी लघुवित्तका ४० कर्मचारीले पाए प्रशिक्षक प्रशिक्षण तालिम

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं १ र २ अन्तर्गतका शाखा प्रमुखहरु तथा केन्द्रीय कार्यलयका कर्मचारीलाई १ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।

ई. इन्द्रकमल श्रेष्ठ, कानुन व्यवसायी नारायण वस्ती र एनआइसी एसिया बैंकका शाखा प्रमुख मोहन तिमल्सिनाको सहभागीतमा सम्पन्न कार्यक्रममा शाखा कार्यलयका शाखा प्रमुखहरु तथा केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी गरि ४० जनाले तालिम लिएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईँले कार्यक्रमको सुभारम्भ गर्दै शाखा प्रमुखहरुलाई यस तालिमले कार्य गर्ने क्षमतामा अभिवृद्धि गराई अहिलेको प्रतिस्पर्धी बजारमा थप चनाखो भई कार्य गर्न मद्दत पुग्ने, संस्थामा आबद्ध सदस्यहरुलाई सुरक्षित गर्न सहज हुने र संस्थाले तय गरेको लक्ष्य हासिल गर्न समेत सजिलो हुने बताए ।

ई. इन्द्रकमल श्रेष्ठले धितो पहिचान, मुल्याङकन, आवश्यक कागजात र जोखिमहरुको बारे सहभागिहरु विच अन्र्तरक्रिया र सहभागिहरुले उठाएका जिज्ञासालाई प्रष्ट्र पारे ।

कानुन व्यवसायी नारायण वस्तीले संस्थाको कानुन कागजात तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु, कानुन जोखिम र वैँकिङ कसुर र सजाय ऐनको बारेमा कक्षा लिए ।

अन्तिममा एनआईसी एशिया बैंकका शाखा प्रमुख मोहन तिमल्सिनाले कर्जा विश्लेषण, आवश्यक कागजात कर्जा विश्लेषणका तरिका बारेमा सहभागिहरु विच अन्तरक्रिया र सहभागिहरुले उठाएका जिज्ञासालाई प्रष्ट पारे ।

Refrence-Banking Khabar

Share: