स्वदेशी लघुुवित्तको व्यवसाय प्रबद्र्धन तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न

स्वदेशी लघुुवित्तको व्यवसाय प्रबद्र्धन तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुुवित्त वित्तीय संस्था लिमिटेडले तीन दिने प्रबन्धक स्तरीय व्यवसाय प्रबद्र्धन तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । देशका विभिन्न स्थानमा रहेका ८४ वटा शाखाका शाखा प्रमुुखहरु, अनुुगमन अधिकृत, आ.ले.प. अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुको उपस्थितीमा तालिम सम्पन्न गरिएको हो ।

शाखा प्रमुुखहरुको क्षमता अभिबृद्धि गर्दै संस्थाको सफलतापुुर्वक लक्ष्य हासिल गर्ने उद्देश्यले आयोजित कार्यत्रममा डा. हेमराज कोईराला मार्फत सहभागीहरुलाई तनाव व्यवस्थापन तथा योग प्रशिक्षण समेत दिईएको थियो । अन्य आन्तरीक स्रोत व्यक्तिहरुबाट लेखा तथा कर्जा व्यवस्थापन र अनुुगमन तथा आ.ले.प. बिषयहरुमा वार्ता प्रस्तुुत गरिएको थियो ।

संस्थाका कार्यकारी प्रमुुख गोविन्द चापागाँईले तालिममा सिकेका कुुराहरु व्यवहारमा लागुु गर्न, सुुरक्षित एवं गुुणस्तरीय कर्जा लगानीमा जोड दिई चालुु आर्थिक वर्ष २०७६/२०७७ मा तोकिएको लक्ष्य अनुुसार व्यवसाय प्रबद्र्धन तथा विस्तार गर्न निर्देशन दिए ।

 

Refrence-Banking Khabar

Share: