स्वदेशी लघुवित्तद्वारा सेवा आश्रमलाई खाद्यान्न सामाग्री

स्वदेशी लघुवित्तद्वारा सेवा आश्रमलाई खाद्यान्न सामाग्री

स्वदेशी लघुवित्त वित्तीय संस्था लि. ले संस्था स्थापनाको पाँचौ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम मध्ये मिति २०७६÷०९÷२५ गते ईटहरी–४ संगित चोकमा रहेको निःसहाय बालबालिका सेवा आश्रममा सरण लिई बसेका अनाथ बालबालिका लाई करिब १५ दिनलाई पुग्ने रु. २०,०००÷– बराबरको खाद्यान्न सामाग्री ( दाल, चामल, आँटा, आलु, चना, मटर, चिउरा, भुजिया, पनिर, ल्याक्टोजीन, घ्यू र फलफुल) हस्तान्तरण ग¥यो । आश्रममा ३७ जना अनाथ (सडकमा भेटिएका, फालिएका) बालबालिका र ६ जना वृद्धवृद्धाहरुले आश्रय लिई रहेका छन् । आश्रमको प्राङगणमा आयोजित कार्यक्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी प्रमुख लगायत केन्द्रीय कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई र नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने ले संस्थाको परिचय, उदेश्य र कार्यक्षेत्रको बारेमा जानकारी गराउनुका साथै संस्थाले विभिन्न वित्तीय कारोबारका साथै सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको जानकारी गराउनुका साथै निःसहाय बालबालिका सेवा आश्रमलाई सहयोग गर्न पाएकोमा खुसि लागेको बताउनु भयो । कार्यक्रममा बोल्दै आश्रमकी संचालिका गिता गौतमले हाल आश्रमको आर्थिक श्रोत नभै अप्ठ्यारो अवस्था भएको बेला यसरी सहयोग आउँदा साक्षात भगवान नै आएको महसुस भएको धारणा राख्दै संस्थाले आश्रम प्रति गरेको सहयोगका लागि धन्यबाद ज्ञापन गर्नुभयो । २०३९ सालमा स्थापना भएको यो आश्रमले हाल सम्म ५०० भन्दा बढी अनाथलाई सनाथ र सक्षम बनाएको छ । यो सबै दाताहरुको सहयोग बाटनै गर्दा भएको हो र आगामि दिनमा समेत यस्ता सहयोग आवश्यक रहेको बताउनुभयो ।

 

Reference : bikashnews.com

Share: